आशाको वन अभियान अन्तर्गत ''वन डढेलो रोकथाम तथा वन सरसफाई'' कार्यक्रमुु सम्पन्न
मंगसिर २६ , चितवन। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस तथा अन्तर्राष्ट्रिय पर्वत दिवसको उपलक्ष्यमा आशाको वन अभियान अन्तर्गत ''वन डढेलो रोकथाम तथा वन सरसफाई'' कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम अन्तर्गत समाजले चितवन राष्ट्रिय निकुञ्ज रत्ननगर ६ सौराह हात्ती चोक देखि वडा नं ०६ को रिङ रोड क्षेत्रहरुमा सरसफाई गरेको हो। कार्यक्रममा रत्ननगर, भरतपुर, चनौली साथै नवलपराशीका मण्डलीहरु बाट आउनुभएका २२० जना भन्दा बढी स्वयम् सेवकहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सभाध्यक्षता हरि बगालेले गर्नु भएको थियो। “आशाको वन” अभियानमार्फत वन डढेलो जस्ता प्रकोपहरूको जोखिमलाई रोक्ने र दिगो वन निर्माण कार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको सभाध्यक्ष बगालेले बताउनु भएको छ। उहाले भन्नुभयो ''हामीले “आशाको वन” अभियानमार्फत वन डढेलो जस्ता प्रकोपहरूको जोखिमलाई रोक्ने र दिगो वन निर्माण कार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौं '' ।


सभाध्यक्ष बगालेले यस्ता पहलहरू परमेश्वरको मण्डलीको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जारी भइरहेको ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हुनुका साथै जलवायु परिवर्तनविरुद्धका प्रतिक्रिया भएको पनि बताउनु भएको छ। साथै जलवायु सङ्कटले प्रकृति र मानवताको सह(अस्तित्वलाई नै जोखिममा पारिदिएको यस्तो सङ्कटकालीन घडीमा, परमेश्वरको मण्डलीले आफ्नो मण्डली रहेको विश्वका विभिन्न ठाउँहरूमा नोभेम्बर महिनाभरि व्यापक रूपमा कार्बन न्यूनीकरण गतिविधिहरू सञ्चालन गरेको पनि उहाले बताउनु भएको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ०६ का वडा अधक्ष्य किरण महतोको उपस्थिति रहेको थियो। अधक्ष्य महतोले यो अभियान संचालन गरेको प्रति परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाइ धन्यबाद दिनु भयो। उहाले भन्नुभयो ''जुन तपाइहरुले यो देशभरिमै नमुनाकै रुपमा यो अभियान संचालन गर्नु भयो सर्वप्रथम तेसका लागि म सम्पूर्ण टिमलाइ धन्यबाद भन्न चाहनछु '' ।अधक्ष्य महतोले भोलिका दिनहरुमा आफुलेसहयोग गर्नु पर्ने कुराहरुमा आफु पछि नहट्ने पनि बताउनु भएको छ। कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज सौराह सेक्टर कार्यलयकी प्रतिनिधि विन्दा कार्कीको पनि उपस्थिति रहेको थियो।






प्रतिकृया दिनुहोस