कार्डियो एण्ड डायविटिज सेन्टरद्धारा मध्यविन्दुमा निशुल्क स्वास्थ्य परीक्षण शिविर
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु –४ पनौतीमा आज निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । कार्डियो एण्ड डायविटिज सेन्टरको आयोजनामा भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा दुई सय जना स्थानीयले लाभ लिएका छन् ।
उक्त वडा नं ४ का सम्पुर्ण घरधुरी किसान बचत तथा ऋण सहकारी संस्थाका पूर्ण सदस्यहरु भएको अवसरमा सहकारीकै प्रांगणमा शिबिर सञ्चालन गरिएको हो ।
शिबिरमा ओपिडि, ल्याब, ईको, ईसिजी,औषधी लगायत सेवा निशुल्क रुपमा प्रदान गरिएको थियो ।
कार्डियो एण्ड डायविटिज सेन्टरले किसान बचत तथा ऋण सहकारीका सदस्यहरुका लागि एमओई अर्न्तगत विभिन्न स्वास्थ्य सेवाका छुटको पनि व्यवस्था गरेको छ ।
शिबिरमा डा.सुधिर रेग्मी,डा. कल्याण सापकोटा र डा. आविस्कार तिमल्सीना लगायत चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।





प्रतिकृया दिनुहोस