सुनको मूल्य तोलामै ५ हजार २ सयले घट्यो, प्रतितोला कति ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनको मूल्य उच्च विन्दुमा पुगेपछि बजारमा केही सुधार देखिएको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बिहीबार चाँदीको भाउ प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस