आज डिसेम्बर २१ : वर्षकै सबैभन्दा छोटो दिन
आज डिसेम्बर २१, यस वर्षको सबैभन्दा छोटो दिन परेको छ । आजको दिनलाई हिउँदे अयनान्त (Winter Solstice) का रूपमा पनि चिनिन्छ । यस दिन पृथ्वीको उत्तरी गोलार्द्ध सूर्यतर्फ कम झुकेको हुने भएकाले दिनको समय सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।
नेपालसहित उत्तरी गोलार्द्धका देशहरूमा आज सूर्य ढिलो उदाउने र छिटो अस्ताउने गर्दछ ।कुनै वर्ष डिसेम्बर २२ र कुनै वर्ष २१ मा सबैभन्दा छोटो दिन हुने गर्छ ।
भोलिदेखि भने दिन क्रमशः लम्बिँदै जाने र रात छोटिँदै जाने खगोलविद्हरूले बताएका छन् ।
हिउँदे अयनान्तसँगै चिसो मौसम थप प्रभावशाली हुने गर्दछ । यस अवधिमा हिमाली तथा पहाडी क्षेत्रमा जाडो बढ्ने र तराईमा कुहिरो तथा शीतलहरको प्रभाव देखिने सम्भावना रहन्छ ।
खगोलशास्त्र अनुसार आजपछि सूर्य उत्तरतर्फ सर्दै जाने भएकाले दिनको अवधि विस्तार हुँदै जाने विश्वास गरिएको छ ।
खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रात बराबरी हुन्छन्।





प्रतिकृया दिनुहोस