चीनमा पुरुषको खप्परभित्र भेटियो २० वर्षअघिको गोली

माघ २१ , काठमाडौं । अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ ।

सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेको खुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्दथ्यो । पछिल्लो समयमा उनलाई झनै बढी टाउको दुख्न थालेको थियो । 

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टाउको दुखेको हुन सक्ने अनुमान गरे । तर, टाउको दुखाइको कारण उनी रातभर सुत्न सकेनन् । अन्त्यमा उनलाई अस्पताल नगई सुखै भएन । अस्पतालका चिकित्सकले उनको टाउको दुख्नुको अनौठो कारण पत्ता लगाए । 

एमआरआई गरेपछि सेनझेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको बायाँ भागमा अनौठो बस्तु फेला पारे । नजिकबाट जाँच गर्दा सो बस्तु धातुको गोली भएको खुलासा भयो । सो गोली उनको खप्परभित्र कसरी पस्यो भन्ने बारेमा अस्पतालका कर्मचारीले उनका अभिभावकलाई सोधेको थियो । 

करिब ८ वर्षको हुँदा उनी र उनका भाई घरमा एयर गन खेलिरहेका थिए । गोली अकस्मात् पड्किदा उनको टाउकोको खोपडीभित्र पसेको थियो । टाउकोमा गोली लागेको थाहा पाएर बाबुआमाले गाली गर्ने डरले उनीहरूले कसैलाई भनेनन् ।

तसर्थ, उनीहरूले केही भनेनन् । कपालले टाउकोको घाउ ढाक्दै गयो । अभिभावकले पनि केही थाहा पाएनन् । त्यतिबेला घाउ पनि खासै दुखेन् । 
गत महिना आकस्मिक शल्यक्रिया गरेर उनको टाउकोको गोली निकालिएको थियो । 

प्रतिकृया दिनुहोस