किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना
फागुन,१५। पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ ।
आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो। राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ ।





प्रतिकृया दिनुहोस