उद्यमशिलताका बिषयमा भरतपुरमा युवा उद्यमीको अन्तरक्रिया
८ जेष्ठ, भरतपुर ।
नव–प्रवर्तक युवा उद्यमीले युवा सवालमा अन्तरक्रिया गरेको छ ।
बागमति प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री मिलन बाबु श्रेष्ठ, भुमि आयोग चितवनका अध्यक्ष बद्रीनाथ तिमिल्सिना, उद्योग बाणिज्य संघ चितवन अध्यक्ष चुन नारायण श्रेष्ठ, चितवन उद्योग परिसघं तथा बाग्मती प्रदेशका अध्यक्ष भेसराज दवाडी, युवा उद्यमि मञ्च चितवनका अध्यक्ष सुर्य भक्त अधिकारी लगाएतले अन्तरक्रियामा युवा चाहाना र आवश्यक्ताको बारेमा मन्तव्य राखेका थिए ।
अन्तिरक्रिया कार्यक्रमका संयोजक विशाल कोइरालाका अनुसार नवनिर्वाचित भरतपुर माहानगर वार्ड नं १० र १३ का अध्यक्षद्वय परमेश्वर खनाल र प्रकाश दवाडीलाई उपस्थित युवाहरुले उद्यमशिलता र आजको आवश्यकता प्रश्नोत्तर गरेका थिए ।कोइरालाका अनुसार कार्यशालाको आधार युवा उद्यमिको चुनौती र अपेक्षाको विषयमा तयार पारिएको प्रतिवेदन माहानगर हस्तान्तरण गरिने छ।
कार्यक्रमको प्यानल छलफललाई युवा उद्यमि प्रबिन काफ्लेले सहजिकरण गरेका थिए ।
विभिन्न उद्यममा जोडिएका ६५ जना युवा उद्यमिको कार्यक्रममा सहभागिता रहेको थियो । युवाहरुलाई उद्यममा प्रोत्सान गर्न र जनप्रतिनिधि सहितका व्यत्तिहरुलाई जिम्मेवार बनाउन कार्यक्रम आयोजना गरिएको आयोजक सागर कार्कीले बताए । यो पहिलो कार्यक्रम भएको भन्दै नव–प्रवर्तक युवा उद्यमीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।





प्रतिकृया दिनुहोस