परराष्ट्र मन्त्रालयले भन्यो – इरानमा रहेका सबै नेपाली सुरक्षित छन्
इरानमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विभिन्न उद्देश्यले इरानमा बसिरहेका १२ जना नेपालीमध्ये दुई जना स्वदेश फर्किसकेका छन् भने थप दुई जना फर्किने क्रममा रहेका मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताएका छन्।
हाल आठ जना नेपाली इरानमै रहे पनि उनीहरू सबै सुरक्षित अवस्थामा रहेको र सम्बन्धित नेपाली दूतावासले उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ।
मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई मन्त्रालयले नजिकबाट निगरानी गरिरहेको छ। साथै, हाल इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मन्त्रालयले सकेसम्म घरभित्रै सुरक्षित बस्न, आवश्यक सावधानी अपनाउन तथा आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन सुझाव दिएको छ।
इजरायल र इरानका सम्बन्धित निकायको पूर्वस्वीकृति बिना यात्रा नगर्न र नेपालबाट ती देशतर्फ हुने सम्पूर्ण यात्रा हाललाई स्थगित गर्न पनि आग्रह गरिएको छ।





प्रतिकृया दिनुहोस