यू-१९ महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात,कतार १०५ रनले पराजित
सीसी १९ वर्षमूनीको महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले हरायो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो ।नेपालकी साबित्री धामीले सर्वाधिक ५२ रन जोडिन्।जवाफमा कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । नेपालकी रचना चौधरी र रिया शर्माले समान ३–३ विकेट लिए।
कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो । नेपालले अब दोस्रो खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ ।





प्रतिकृया दिनुहोस