फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा
फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएका हुन्।
अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ। सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डसँग भिड्ने पक्का भएको छ।
इंग्ल्याण्डले आइतबार बिहान नर्वेलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। इंग्ल्याण्ड र अर्जेन्टिनाबीच दोस्रो सेमिफाइनलमा भिडन्त हुनेछ।
पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने भएका छन्। फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई हराएको थियो भने स्पेनले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।
अब लगातार तीन पटक विश्वकप फाइनल खेलेको फ्रान्स र स्पेनबीच बुधबार बिहान १२ः४५ बजे फाइनलका लागि प्रतिस्पर्धा हुनेछ।
दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान १२ः४५ बजे हुनेछ। सेमिफाइनल जित्ने दुई टिमले जुलाई २० मा उपाधिका लागि भिड्नेछन्।





प्रतिकृया दिनुहोस