विश्वकप फुटबल-२०२६ : पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

फिफा विश्वकप फुटबल-२०२६ मा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ ।  पहिलो सेमिफाइनल खेलमा मंगलबार मध्य राति पौने १ बजेदेखि फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।

यी दुई टिम यस विश्वकपमा सर्वश्रेष्ठ टिम हुन्। त्यसैले युरोपेली च्याम्पियन स्पेन र गत उपविजेता फ्रान्सबिचको खेललाई फाइनलअघिको फाइनल भनिएको छ।

फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेल बुधबार मध्यराति पौने १ बजे हुने भएकाे छ। क्वाटरफाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई पराजित गरेको थियो ।

त्यस्तै, इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो । फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १/१ पटक उपाधि जितेका छन् ।

यो विश्वकपको फाइनल खेल आगामी साउन ३ गते आइतबार राति पौने १ बजेदेखि हुने भएकाे हाे ।

प्रतिकृया दिनुहोस