प्रधानाध्यापक ज्यू, तपाईको शिक्षकले यो तालिम लिनै पर्छ

माघ १८ देखि २१ सम्म संचालन हुने तालिममा विद्यालयले ध्यान दिन आवश्यक छ

खेलकुदलाई विद्यालयस्तरबाट प्रभावकारी बनाउन सरकारले हरेक विद्यालयमा खेल शिक्षक राख्न भनेको छ ।

बागमती प्रदेशको कुरा गर्नेहो भने हरेक माध्यमिक विद्यालयमा खेलकुद शिक्षक राख्ने गरि नीति तथा कार्यक्रमनै सार्वजनिक भएको छ ।  तर, नेपालका प्रायः विद्यालयमा हुचुवाकै भरमा खेल गतिविधि संचालन हुन्छ भन्दा फरक नपर्ला ।

चितवनको कुरा गर्ने हो भने औपचारीक रुपमा खेल शिक्षक भएका विद्यालय औँलामा गन्न सकिन्छ । सामुदायिक विद्यालयमा त्यो पनि मुस्किल छ । अहिले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चलिरदा हाम्रा विद्यालयको खेलमा अपुगता प्रष्ट देखिन्छ । जब प्रतियोगिताको मिति आउँछ अनि खेलाडी खोज्ने, सुचना निकाल्ने हाम्रा सरकारी विद्यालयहरु शुल्क तिरेर विद्यार्थी पठाउन पर्ने खेलकुद प्रतियोगितामा पत्रनै लुकाउँन पनि पछि पर्दैनन् । प्रसंग यो हो कि विद्यालयमा पढाईं संगै खेलकुद अनिर्वाय बनाउँन पर्दर्छ ।

विद्यार्थीलाई खेलमा भन्दा स्कुल बेन्चमानै बसेर पढेको रुचाउँने अभिभावकले पनि अब विद्यार्थीलाई खेल संग जोड्न विद्यालय संग बोल्नु पर्छ । २ वर्ष अघि जन्मिएको पटिहानी फुटबल क्लबले शिक्षा संगै खेलकुद भन्ने नारालाई मुर्तरुप दिन सरकारी विद्यालयका शिक्षकलाई खेल प्रशिक्षकको प्रशिक्षण दिदैँ छ ।

यहाँका स्थानीय तह , विद्यालय आफैले खर्च गरेर यस्ता कार्यक्रमको आयोजना गर्नु पर्ने हो । यद्धपी क्लब बाटनै यो कार्य सुरु हुनु आफैँमा राम्रो कदम हो । हाम्रो विद्यालयको विद्यार्थी डाक्टर, ईन्जिनियर, पाइलट, बैंकर ईत्यादी बन्यो भनेर खुसी हुने शिक्षकले सिकाएको विद्यार्थी राष्ट्रिय मैदानमा पुग्दा देश खुसी हुन्छ । त्यसैले माघ १८ देखि २१ सम्म संचालन हुने तालिममा यहाँका विद्यालयले ध्यान दिन आवश्यक छ । हुकर्दै गरेको क्लबले चितवनले गण्डकी विश्वविद्यालयसँग सहकार्य गरेर यो कार्यक्रम चितवनको भरतपुरमा ल्याएको छ।

प्रदेश सरकारले गठन गरेको यो गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस् म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन सुरु गरेको विद्यालय पनि हो । यस अघि भब्यताका साथ जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना सम्पन्न गरेको पटिहानी फुटबल क्लबले विद्यालय बाट खेलाडी उत्पादन गर्न शुरुवातको कार्य अघि बढाएको छ । जिल्लाभित्रका विद्यालयका खेलकुद शिक्षक, क्लबका सदस्य तालिममा सहभागि हुन पाउँने छन् । विद्यालय बाटनै खेलकुदको विकास गराउने यो एउटा थालनी हो ।

अब प्रत्येक विद्यालकका विद्यार्थी,शिक्षक वा अभिभावकले आफ्नो विद्यालयबाट शिक्षकहरुलाई यो तालिममा पठाउन भन्नु पर्छ । प्रधानाध्यापकहरुले पनि यस्ता विषय लाई प्राथमिकतामा राख्नु पर्छ । विद्यालयमा सांस्कृतिक कार्यक्रम हुदाँ बाध्यवाधन, कलाकार , पोशाकमा खर्च गरेको झै विद्यालयहरुले अब खेल शिक्षक र खेल सामाग्रीमा खर्च गरिनु पर्दछ।

                                                                                     @लेखक - विवेक पोख्रेल 

 

प्रतिकृया दिनुहोस