“बा”

बा  श्रृष्टिकर्ता हुन, बा जननी हुन 

बा आकाश हुन, बा बिशाल आधार पनी त हुन।

छोरा छोरी लाई बा ले काहिले काही आकाश रोएको, बादल मडारीएको, धर्ती फाटेको, चौतारी भत्किएको कथा सुनाउनु हुन्छ।

सन्तान लाई खुशी दिनका लागी ‘।।तर आफ्नो आँशु लुकाएर, दुस् खस् लुकाएर ।

हिजो आज धेरै सन्तानले बा लाई छोडेर हिडेका छन 
चरा झै उडेका छन आ ( आफ्नो खुशीका लागी।

बा लाई कुराई रहेका छन, बा ले सन्तान फर्कने बाटो कुरी रहेका छन, बा खुशी कुरी रहेका छन।  

सन्तान लाई गर्मी हुन्छ, 
बा को न्यानो काखमा सन्तानले शीतल लीन्छन , 

बा शितल छाहरी हुन बा बिशाल चौतारी पनी त हुन । 

बा  श्रृष्टिकर्ता हुन, बा जननी हुन 

बा आकाश हुन, बा बिशाल आधार पनी त हुन।

सन्तान लाई दुस्खस् पर्छ, पीडा हुन्छ, थाह नपाई नपाई बा जली रहेका हुन्छन, समाधान दिई रहेका हुन्छन।
बा ले उज्ज्यालो छरी रहेका हुन्छन।

बा दिप बनेर बलि रहेका हुन्छन,
मैन बनेर जली रहेका हुन्छन,
सन्तान को ख़ुशीका लागी, परिवारको शान्ति र समृद्धिका लागी। 

बा आशाको उज्ज्यालो दियो हुन
जली रहेको मैनबत्ती पनी त हुन । 

बा  श्रृष्टिकर्ता हुन , बा जननी पनी त हुन 
बा आकाश हुन, बा बिशाल आधार पनी त हुन।

दुस्खस्, समस्या, चुनौती को पहाड बोकेका बा
जिन्दगीका घनघोर र घगडान संघर्ष गरेका बा 

निस्वार्थ माया, प्रेम र स्नेहका विशाल सागरमाथा हुन । 
विशाल सागरमाथा हुन बा । 

बा , नमन बा ।

प्रतिकृया दिनुहोस