कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो ‘जुरी प्राइज’
विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले ‘जुरी प्राइज’ जित्दै इतिहास रचेको छ। फ्रान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलअन्तर्गत ‘अन सर्टेन रिगार्ड’ विधामा फिल्मले यो सम्मान प्राप्त गरेको हो।
अविनाशविक्रम शाह निर्देशित यो फिल्म नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायको संघर्ष र जीवन कथामा आधारित छ। फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ललगायत कलाकारहरूको अभिनय रहेको छ।
कान्स फिल्म फेस्टिभलमा छनोट हुने ‘एलिफेन्ट्स इन द फग’ पहिलो नेपाली फिचर फिल्म बनेको छ। यसअघि निर्देशक शाहकै सर्ट फिल्म ‘लोरी’ले पनि कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको थियो।
सीमित स्रोत र स्थानीय कथामा आधारित नेपाली फिल्मले विश्व मञ्चमा सम्मान पाउनु नेपाली चलचित्र क्षेत्रका लागि गौरवको विषय बनेको छ।





प्रतिकृया दिनुहोस