त्यो तीन्कै खराब कर्मले हो
बसन्त कुंवर । पुर्ब प्रहरी संगठनमा दीनदीनै पुर्ब प्रहरी कर्मचारी हरु सदस्य बन्न आउनु हुन्छ ।यस प्रक्रीया बाट पुन वॉहा हरु पुर्ब प्रहरी समाजमा जोडीन पुग्नु हुन्छ । म पनी वॉहा हरुलाइ भेटेर पुराना दीन हरु याद गर्न पुग्छु ।म भेट घाट गर्दा एउटा कुरा समान पाउछु , जागीरे जीबन संग लगभग सबैको गुनासो छ ।
आज पुर्ब प्रहरी नीरीक्षक ओम प्रकास ढकाल साब संग भेट भयो ।वॉहा ले २०४७ सालमा असइ बाट जागीरे जीबन सुरु गरी २०७६ मा इन्सपेक्टर बाट अबकास पाउनु भएको रहेछ ।३० बर्षे जागीरे जीबनमा केबल दुइ प्रमोसन ।
कुरा गर्दै जादा मैले सोंधे “ ३० बर्षे जागीर गरेर तपाइ खुसी हुनु हुन्छ रुवॉहॉले भन्नु भयो खुसी नै छु हजुर तर म अबकास हुंदा डीएसपी सम्म चॉही हुनु पर्दथ्यो।दुइ आइजीपी ले पद खाली रंहदा पनी समएमा पदोन्नती नउठाइदीएताले म इन्सपेक्टरमै अबकास हुनु पर्यो ।दुइ आइजीपीको नाम बनी भन्नु भयो ।
अब हाम्रा बीच पद खाली राख्ने तर बर्षौ सम्म पदोन्नती नउठाउने श्याम भक्त थापा साब देखी धेरै आइजीपी हरुको
कुरो चल्यो ।कीन आइजीपी साब हरुले यसो गरी आफ्ना तल्ला कर्मचारी बीगार्ने काम गरे रु भन्नेमा पनी चर्चा चल्यो ।चर्चामा नीश्कर्ष नीस्कीयो “ पहीलो स्वार्थ , दोश्रो डरछेरुवा , तेश्रो लापरबाही “॥
स्वार्थ कसैलाइ समएमा पदोन्नती नगरी अबकास गराउने वा पछाडीका लाइ माथी तान्ने बाताबरण नमीली पदोन्नती नगर्ने रणनीती ।यस्ता हाकीम लाइ हामीले पापी ,अपराधी र फटाहा बर्गमा राख्यौं। दोश्रो ग्रीह सचीब, मंन्त्री र प्रधान मंन्त्री सामु लाचार छॉया भएकाले तीन्ले सींडंगनल नदीइ पदोन्नती गर्न नसक्ने र कर्मचारी बीगार्ने हाकीम हरु ।यस्ता लाइ हामीले लुते र त्यो पदमा पुग्न असक्षम हाकीममा राख्यौं। तेश्रो जानी जानी समएमा पदोन्नती ननीकाल्ने र लापरबाही गरी तल्ला कर्मचारी बीगार्ने ।यस्ता हाकीम प्राए तल्ला कर्मचारी ले घुमाउने गरेका , पैसाका लोभी र दारु बाज भएको पॉयौ ।तीन्लाइ हामीले काइते र त्यो पद बाट खोस्नु पर्ने असक्षम हाकीममा राख्यौ ।तीन्का जमेर कुरा काट्यौ ।
आज हरेक पुर्ब प्रहरी अफीसर हरु आफ्ना हाकीमले कती कमाए वा नैतीकतामा ती कस्ता थीए भन्ने कुराले भन्दा पनी मलाइ क्यारीएरमा कस्ले बाधा दीए रु यो कुरा संझेर रीसाइ रहेका छन् ।नैतीकता ब्यक्तीले आफै तए गर्ने हो ।म इमान्दार हुन चाहान्छु वा बेइमान रु त्यो आफै तए गरीन्छ र त्यस्को राम्रो नराम्रो फल पनी आफै भोगीन्छ तर कुनै पदमा रहेर तल्ला कर्मचारी हरुको क्यारीएर प्रती गरीने ब्यबहार ले अरु लाइ पनी असर गरी रहेको हुन्छ ।त्यॉहा मामला आफ्नो मात्र हुदैन ।
प्रहरीमा यो रोग खुब देखीयो “ शक्तीमा रहंदा भोली फुली छोडी ढाक्रे पनी भइन्छ र त्यॉहा पनी अन्याए गरीएका हरुलाइ जबाफ दीनु पर्दछ भन्ने हेक्का नराखी तल्ला कर्मचारी हरुको ब्रीत्त बीकाष बीगार्ने “यो रोग साधारण होइन ।त्यस्ता हाकीम हरु “मुर्दाबादकै “ हकदार छन् ।यस्ता हाकीम हरुले जीन्दगी भर कसैको आक्रोसको नीसानामा पर्नै पर्ने छ ।त्यो तीन्कै खराब कर्मले हो ।त्यो गर्नु हुन्थेन ॥
जॉहा सम्म तल्ला कर्मचारीका ब्रीत्त बीकाषको मामलामा संबेदनसील भएर काम गरेका हाकीम हरु हुनु हुन्छ ,वॉहा हरुमा “ आभार “।
नया पुस्ताले यत्ती याद गर्नु होला “ आफ्ना स्वार्थ ,लापरबाही र कमजोडीले तल्ला कर्मचारी नबीग्रीउन् ।तपाइ हरुलाइ पाप लाग्ने छ ।जसरी तपाइ हरु आफ्नो क्यारीएर प्रती संबेदनसील हुनु हुन्छ त्यसै गरी अरुपनी हुन्छन् भन्ने कुरा राम्ररी बुझी दीनु होला ।जसरी तपाइको पदोन्नती संग सरोकार राख्ने परीबार र आफन्त छन् त्यसै गरी अरुका पनी हुन्छन् भन्ने बुझी दीनु होला ।तपाइ लाइ तल्ला माथी अन्याए गर्ने हक पनी छैन। घमण्डमा यो गल्ती गर्नु हुन्छ भने पछुताउन तयार हुनु होस् ।





प्रतिकृया दिनुहोस