रगतमा व्यापार कहिले रोक्ने ?
जेठ ३१, चितवन । जेठ रगतमा ब्यापार कहिले रोक्ने रुरक्तदान जिवनदान ,रक्तदान महादान बहुतै सुनिने नारा ।आज रक्तदाता दिवस प्रत्येक वर्ष १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । सन १९०० मा डा।कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए । मानव शरीरमा ए, बि र ओ रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी पत्ता लगाएकोले सन १९३० मा उनीलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । डा.कार्ल लेण्डस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको थियो।सन १९३१ मा संसारको पहिलो ब्लड बैंक स्पेनको वार्सिलोना शहरमा स्थापना भएको थियो । सन १९४० मा बाइनर र लेण्डिस्टेनरले रक्तसमूहअन्तरगत आर.एच.(पोजिटिभ र नेगेटिभ)पत्ता लगाए । सन १९६६ मा नेपालको पहिलो ब्लड बैंक लक्ष्मी ब्लड बैंक काठमाडौंमा स्थापना भयो । नेपालको पहिलो रक्तदाता वि।सं।२००० मा दयावीर सिंह कंसाकार हुन् । वि।सं।२०७१ मा रक्तसञ्चार नीति जारी भएको छ । यो नीतिसँगै रगत व्यवस्थापनमा एकल नेतृत्व रहेको नेपाल रेडक्रस सोसाइटीलगायत अन्य संस्थाले समेत निश्चित मापदण्ड पूरा गरी रगत वा रक्ततत्त्व व्यवस्थापन गर्न सक्छन् । रक्तदाताको महत्त्वपूर्ण भूमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरु, रक्तदाता उत्त्प्रेरणा, अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मानलगायत विविध कार्यक्रम आजको दिन सम्पन्न गरिन्छ । सन २००४ बाट नियमित रुपमा विश्व रक्तदाता दिवस मनाउने क्रममा प्रत्येक वर्ष रक्तदाता सम्मानको लागि र नयाँ रक्तदाता निर्माण गर्नको लागि विश्व स्वास्थ संगठनले नारा निर्धारण गर्दछ । सन २००४ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा प्रथम विश्व रक्तदाता दिवस सम्पन्न गरिएको थियो । यस वर्ष २०२२ को नारा Donating blood is an act of solidarity.Join the effort and save lives तय गरिएको छ । यस नाराको अर्थ रक्तदान कार्यमा ऐक्यबद्धता जनाआंै । जीवन बचाउने अभियानमा सहभागी बनौं । भन्ने रहेको छ । रगतको विकल्प रगत नै हो । दुर्घटना, गर्भवती, रक्तअल्पता, अन्य अप्रेसन गर्नुपर्ने बिरामीको लागि रगत तथा रक्ततत्त्व आवश्यक पर्दछ । रगतको अभावमा बिरामीको ज्यान बचाउन सकिंदैन । नियमित रक्तदाताहरु स्वस्थ रक्तदाता मानिन्छ । प्रत्येक ३÷३ महिनामा नियमित रक्तदान गर्ने रक्तदाताहरुको महत्त्वपूर्ण योगदानले गर्दा बिरामीहरुलाई स्वस्थ बनाउन सकिन्छ । वास्तवमा भूकम्प, आगलागी, बाढी पहिरोलगायतका पीडादायी अवस्थामा स्वयंसेवी रक्तदाताहरुको भूमिका महत्वपूर्ण हुन्छ । स्वयंसेवी रक्तदाताहरुको नियमित रक्तदानको कारणले विषम परस्थितिमा समेत रगत अभाव हुँदैन । हामी सबैलाई जानकारी भएकै कुरा हो कि रगत मानव जीवनमा नभै नहुने आवश्यक तत्व हो । रगतको आवश्यक्ता विभिन्न रोगहरुको उपचार गर्दा, शल्यक्रिया, दुर्घटना, प्रसुती, थालसेमिया, हेमोफोलिया, आगलागीका बिरामी, डेङ्गुलगायत अन्य बिरामीहरुलाई उपचारको क्रममा रगत आवश्यक पर्न सक्छ । कहिलेकाहीँ तुरुन्तै रगत वा रक्ततत्त्व उपलब्ध नगराएमा बिरामी बचाउन सकिंदैन । १८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ महिला पुरुष दुवैले नियमित रक्तदान गर्न सक्छन् । रक्तदान गर्नको लागि तौल ४५ के.जी.भन्दा धेरै हुनुपर्दछ । रक्तदान गर्न चाहने व्यक्तिको शरीरमा हेमोग्लोविनको मात्रा १२ ग्रामभन्दा धेरै हुनुपर्दछ । ब्लड प्रेसर सामान्य हुनुपर्दछ । हाई वा लो दुबै अवस्थामा रक्तदान गर्न सकिंदैन । मुटु, फोक्सो, कलेजो राम्रो क्रियाशील हुनुपर्दछ । जन्डिस, मलेरिया,टाइफाइड, एड्स वा औषधिहरु सेवन वा अन्य कुनै बिरामीको डाक्टरसँग परामर्श लिएर मात्रै रक्तदान गर्न सकिन्छ । रक्तदान गर्दा ५ देखि ७ मिनेटसम्म मात्र लाग्छ । रक्तदान गरिसकेपछि ५ मिनेटसम्म बेडमा आराम गर्नुपर्दछ । त्यसपछि केही तरल पदार्थ खानु राम्रो हुन्छ । रक्तदान गरीसकेपछि आफ्नो नियमित काम गर्न सकिन्छ । स्वास्थको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेता पनि हालसम्म कृत्रिम रगत बनाउन सकेको छैन । यसको विकल्प भनेको नियमित रक्तदाता नै हुन् । अत्याधुनिक चिकित्सा पद्धतिको कारणले गर्दा देशका प्रमुख शहरहरुमा रक्ततत्त्वको माग दिनहुँ बढ्दै गैरहेको छ । जीवन र मृत्युको दोसाँधमा परेका बिरामीलाई रगतले जीवनदान गर्न सक्छ । ब्लड डोनर्स सोसाइटी नेपाल २०२० देखि निरन्तर रगत ब्यबस्थापनमा लाग्दै आएको छ । सस्थाले नियमित रुपमा रक्तदाताहरुलाई सचेतता जगाउदै , ब्लड क्याम्पेन चलाउदै आएको छ ।
नेपालमा रगतमा हुने ब्यापार कहिले अन्त हुन्छ र?खासगरी पहिलो स्थानीय तहको निर्वाचनपछि केही स्थानीय सरकारले आफ्नो नागरिकको लागि निःशुल्क रगत तथा रक्ततत्त्व उपलब्ध गराउने निर्णय गरेता पनि सही व्यवस्थापन हुन सकेको छ । गण्डकी प्रदेश सरकारले प्रदेशभरी निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । बाग्मती प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानीय सरकारले समेत निःशुल्क रगत व्यवस्थापन गर्दै आएका छन् । अन्य प्रदेशमा रगत निःशुल्क भएको छैन । लुम्बिनी प्रदेश सरकारले घोषणा गरेर बजेट छुट्टाइसकेको छ, तर हालसम्म कार्यविधि निर्माण गर्न नसकेर निःशुल्क रगत वितरण हुन सकेको छैन । केही दिनअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रगत तथा रक्ततत्त्वको मूल्यवृद्धि गरेको छ । यसैलाई आधार मानेर धेरै ठाउँमा रगत तथा रक्ततत्त्वको मूल्यवृद्धि भएको छ । रक्तदाताले निःशुल्क दान गरेको रगत तथा रक्ततत्त्वलाई मूल्यमा बिक्री गरिनुहुँदैन । एकातिर प्रदेश सरकारले निःशुल्क रगत भन्दै घोषणा गर्ने, अर्कोतिर रगतको मूल्यवृद्धिको घोषणा गर्ने यो दोहोरो कुरा किन भैराखेको छ । रगतको मूल्यवृद्धि, रगतको व्यवस्थापनमा कहिंकतै रक्तदाताहरुको सहभागिता नगराउनुलाई हामी नियमित रक्तदाताहरुको गम्भीर ध्यानाकर्षण भएको छ । मनोमानी तरीकाले रगतको मूल्यवृद्धि हामी रक्तदाताहरुलाई मान्य हुनेछैन । रगत निःशुल्क हुनैपर्छ । रगत बेच्न पाइदैन । रगत बेच्नु अपराध हो ।
अर्जुन अधिकारी
ब्लड डोनर्स सोसाइटी नेपाल
सस्थापक अध्यक्ष





प्रतिकृया दिनुहोस